एसइइ परिक्षा सुरु मुलुकभरीमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी

   ९ बैशाख २०७९, शुक्रबार १६:०१  

रौतहट, ९ वैशाख । कोरोना महामारीको कारण दुई वर्ष देखि अबरुद्ध रहेको एसइइको परिक्षा शुक्रवार देखि भौतिक उपस्थितिमा सुरु भएको छ ।
आज बिहान ८ बेजबाट सुरु भएको परीक्षामा मुलुकभरीमा ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० विद्यार्थीले सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।
कोरोना महामारीका कारण दुई वर्षपछि परीक्षा बोर्डले भौतिक उपस्थितिमा केन्द्र निर्धारण गरेर प्रश्नपत्र मार्फत नै एसइइ परीक्षा सुरु गरेका छन् । ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० विद्यार्थीले आवेदन भरेको एसइइ परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
काठमाडौंमा सबैभन्दा बढी ३६ हजार र सबैभन्दा कम मनाङमा २९ जना परीक्षार्थी छन् । परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी गरि ७० हजार भन्दावढी जनशक्ति खटाइएका छन् ।
साधारण तर्फ ६१ र प्राविधिक तर्फ ४२ विषयको परीक्षा हुन लागेको हो । पाँचलाख विद्यार्थीको भविष्य सँग जोडिएको परीक्षालाई मर्यादित बनाउन परीक्षा बोर्डले आग्रह गरेको छ ।
विद्यालय तहको कक्षा ११ भर्ना हुनका लागि अवदेखि विद्यार्थीले कक्षा १० का हरेक विषयमा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य गरीएको छ ।
परीक्षा बोर्डले परीक्षामा नयाँ व्यवस्था गरेको हो । कोरोना महामारी कारण यसवर्ष ४ महिना मात्र भौतिक उपस्थितिमा विद्यार्थीको पठनपाठन भए । वैकल्पिक माध्यमको पढाइ सबैको पहुँचमा नहुन् मात्र होइन ।
अर्कोतिर उर्तिण हुन हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बाध्यताले यसवर्ष धेरै विद्यार्थी असफल हुनेमा शिक्षक विद्यार्थी चिन्तित देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै