मधेश प्रदेशमा ५० प्रतिशत मदतान केन्द्रहरु अति सम्बेदनशिल

रौतहट, ९ वैशाख । आउदो ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै मधेश प्रदेशको ५० प्रतिशत भन्दा बढि मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।
मधेसका आठवटै जिल्ला मित्र राष्ट्र भारतको सीमा सँग जोडिएको हुनाले सुरक्षा चुनौतीलाई विश्लेषण गर्दा निर्वाचन आयोगले मधेश प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो ।
वैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यही अनुसारको सुरक्षा व्यवस्थाको तयारी भईरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले बताए ।
सुरक्षा समितिले सिफारिस गरेको अनुसार नै निर्वाचन आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेको डिआईजी रञ्जितकारले जानकारी दिए ।
मधेस प्रदेशको ८ वटै जिल्लामा २१२ सामान्य, ८८८ संवेदनशील र १०६३ अति सम्वेदनशिल गरेर २१६३ मतदान केन्द्र रहेको र सोको जानकारी निर्वाचन आगोगलाई गराइसकेको हुँदा सम्वेदनशिल र अतिसम्बेदनशिलमा दक्ष एवं अनुभव प्राप्त सुरक्षाको अफिसरलाई खटाउने व्यवस्थापन मिलाइएको डिआइजी रंजितकारले बताए ।
निर्वाचन हुनु ७२ घण्टा अघि देखि नेपाल भारत सीमा क्षेत्रलाई पूर्णरूपमा बन्द गरिनुका साथै सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुरक्षा व्यवस्था कायम गराउनमा अपुग जनशक्तिलाई पुरा गराउन प्रहरी प्रधान कार्यालय सकारात्मक रहेको हुँदा मधेश प्रदेशको सुरक्षा व्यवस्थामा कुनै कमजोरी नहुने बताए ।
प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो
स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन गरेको सूचना बमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्त भित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।
सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुख डिआइजी रंजितकारले तराई टप संग कुरा गर्दै जानकारी दिए ।