emory zoom login host a meeting download zoom icon install zoom meeting download download zoom meeting zoom in browser no download why are pcr test results taking so long - why are pcr test results taking so long

रोयल माथि सनराइजर्सले ९ बिकेटले विजयी

   १० बैशाख २०७९, शनिबार २२:४९  

मुम्बई । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज ठूलो उलटफेर भएको छ ।
सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको ६९ रनको लक्ष्य पछाएको सनराइजर्सले ८ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरे ।
सनराइजर्सका लागि अभिषेक शर्माले ४७ रन बनाए, कप्तान केन विलियम्सनले अविजित १५ रन र राहुल त्रिपाठीले अविजित ७ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले १६.१ ओभरमा अलआउट हुदै केवल ६८ रन बनाएको थियो ।
बैंगलोरका लागि सुयाश प्रभुदेसाईले सर्बाधिक १५ रन बनाए भने ग्लेन म्याक्सवेलले १२ रन बनाए । बैंगलोरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैंगलोरका प्रमुख ब्याट्सम्यान विराट कोहली, दिनेश कार्तिक र अनुज रावत शुन्यमा आउट भएका थिए भने कप्तान फाफ डु प्लेसिस ५ रन बनाएर आउट भएका थिए ।
सनराइजर्सका बलर मार्को जानसेन र टी नटराजनले ३-३ विकेट लिएका थिए । त्यस्तै जगदीषा सुचिथले २ विकेट लिए ।
यो जितपछि सनराइजर्सको ७ खेलमा ५ जितसहित १० अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै