प्रखर वक्ता एवं जुझारु महिलाको रुपमा चिनिएकी पूर्व मन्त्री डिम्पल झा रहेनन

   ११ बैशाख २०७९, आईतवार ०७:२२  

रौतहट, ११ वैशाख । पूर्व राज्य मन्त्री तथा प्रदेश साँसद, संविधान सभा सदस्य डा. डिम्पल झाको लामो समयको जिवन संघर्ष पश्चात आईतवार विहान यो संसारबाट विदा भएकी छिन् ।
रौतहटको दुर्गा भगवती वडा नम्वर ३ मत्सरी निवासी रहनु भएकी झा लामो समय देखि क्यान्सरबाट जंग लडेरहेकी थिइन, तर उनी क्यान्सरलाई जित्न सकेनन, आज विहान ५:३० बजेको समयमा उनी यो मायारुपी संसारबाट सधैको लागि विदा भएकी हुन् ।
गजेन्द्र नारायण सिंहको विचारबाट प्रभावित भएर विद्यार्थी राजनितिबाट यात्रा सुरु गरेर नेपालको राष्ट्रिय राजनीतिमा मधेशको मसिहाको रुपमा रहनु भएका नेताहरु मध्ये एक रौतहट क्षेत्र नम्वर १ को साँसद अनिलकुमार झाको ४२ बर्षिय श्रीमती डिम्पल शालिन विचारधार, प्रखर वक्ता, निर्भिक्क, भई राजनीतिक गरेकी, प्रदेश साँसदमा समानुपातिकबाट सिफारिस हुनुका साथै संविधान सभा सदस्य रहनु भएकी तर सानो राजनीतिक यात्राबाट सधैको लागि विदा हुनु मत्सरी मात्रै नभई अहिले सिंगो मुलुकले एक कुशल, निर्भिक्क, जुझारु, लडाकु नेतृलाई गुमाएको छ ।
भारत सितामढी जिल्ला शशौला गाउँ निवासी सुदर्शन पाठकको छोरीको रुपमा जम्एिकी डिम्पल झाको विहे पश्चात उनको श्रीमान अनिल झाले उच्च शिक्षाको साथै आयुर्वेदको चिकित्सक बनाएपनि उनको रुची राजनीतिमा देखिदा चिकित्सा पेशा छाडेर यता तिर लागिन । जे भएपनि उनी निर्भिक्क, प्रखर, जुझारु, लडाकु मधेशी महिलालाई देशले गुमाएको हो । उनको कमीलाई कसैले पनि पुरा गर्ने छैनन् ।
झाको पार्थिव शरीर संघिय राजधानी स्थित निवासमा अन्तिम दर्शनको लागि राखिएको छ त्यसपछि ८ बजे पैतृक गाउँ दुर्गा भगवतीको मत्सरीको लागि प्रस्थान गरिने छ, मत्सरीमा अन्तीम दर्शन पछि आजै २ बजे पवित्र वागमती किनारमा लगेर अन्तिम संस्कार गरिने कार्यक्रम निर्धारण गरिएको पारिवारिक श्रोतबाट बुझिएको छ ।
साँसद डिम्पल झाको निधनबाट झा परिवारलाई पर्न गएको अपूर्णिय क्षति तथा धर्यधारण गर्न माँ भगवतीले हौसला प्रदान गर्नुको साथै शोकसन्तप्त परिवारप्रति हार्दिक शमवेदना व्यक्त गर्दै स्व. डिम्पल झाको वैकुण्ठबासको हार्दिक कामनाको साथै तराई टप परिवारले पूर्व मन्त्री झा प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै