लालबन्दी, ११ वैशाख । कांग्रेसको मधेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले सर्लाहीका ११ वटै नगरपालिकाका मेयरको उम्मेदवार तयारी गरेको हो ।
कांग्रेसबाट लालबन्दी नगरपालिकाको मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन, ईश्वरपुर नगरपालिकाको मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रन्जिता चौधरी, हरिवन नगरपालिकाको मेयरमा रामप्रसाद मैनाली र उपमेयरमा सोनीकुमारी बोम्जनलाई उम्मेदवार बनाइएको छ ।
त्यसैगरी, गोडैता नगरपालिकाको मेयरमा हालका प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, बलरा नगरपालिकाको मेयरमा कौशल सिंह र मलंगवा नगरपालिकाको मेयरमा पूर्व मेयर नागेन्द्र यादवलाई उम्मेदवार बनाइएको छ । गोडैता, बलरा र मलंगवामा उपमेयर भने तय गर्न बाँकी छ ।
त्यस्तै, बाग्मती नगरपालिकाको मेयरमा जवाहार कुशवाहा र उपमेयरमा पदमा कोइराला, बरहथवा नगरपालिकाको मेयरमा विगु चौधरी र उपमेयरमा गंगा दाहाल, हरिपुर नगरपालिकाको मेयरमा गोपाल पंजियार र उपमेयरमा निलमदेवी यादव, हरिपूर्वा नगरपालिकाको मेयरमा विनोद कुमार साह र उपमेयरमा सुमित्रा देवी, कविलासी नगरपालिकाको मेयरमा ब्रहमदेव राय र उपमेयरमा पुनम कर्णलाई उम्मेदवार बनाइएको छ ।
यस्तै, कांग्रेसले जिल्लाका ९ वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षहरुको उम्मेदवार टुंग्याउन बाँकी छ । त्यसका लागि केहीबेरपछि सदरमुकाम मलंगवामा जिल्ला कार्य समितिको बैठक बस्न लागेको कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन