मिर्चैयाको एक घरमा आगलागी हुँदा ८ बर्षिय बालकको जलेर मृत्यु

   २३ पुष २०७७, बिहीबार १४:११  

रौतहट, २३ पुस । सिराहाको मिर्चैया नपा ७ स्थित एक घरमा बुधवार साँझ आगलागी हुँदा एक ८ बर्षिय बालकको जलेर मृत्यु भएको छ ।
मिर्चेया नगरपालिका ७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो । प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । लामखुट्टेले धपाउनका लागि उनीहरुले घुरो बालेको र त्यसैबाट आगो सल्किएका थिए ।
‘बजार जाँदा बालिएको घुरो निभाएर गएको भए आगलागी हुने थिएन,’ इलाका प्रहरी कार्यालय मिर्चेयाका डीएसपी सन्तु जयसवालले भने, ‘लापरबाही भएकै कारण ठूलो घट्ना भएको छ । आगलागीले घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति भएको र आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै