download zoom free for windows download for zoom windows download zoom for windows msi installer zoom meeting join a meeting login page - zoom meeting join a meeting login page zoom meeting zoom meeting login - zoom meeting zoom meeting login zoom cloud pc download

रौतहटको विभिन्न पालिकामा काँग्रेसले टिकटको टुंगा नलगाउदा कार्यकर्ता पंक्ति अन्यौलमा, पार्टी परित्याग गर्नेहरुको लर्को

   ११ बैशाख २०७९, आईतवार १५:४३  

रौतहट, ११ वैशाख । नेपाली काँग्रेस रौतहटले अधिकाँश पालिकामा मेयरको उम्मेदवार कसलाई बनाउने विषयमा टुंगो नलागउदा अन्यौलमा परेका छन् ।
नेपाली काँग्रेस जिल्ला सभापति र मधेश प्रदेश सभापतिहरुको विभिन्न चलखेलको कारण स्थानीय तहमा जितेका उम्मेदवारलाई टिकट नदिई नयाँ अनुहारलाई टिकट दिने भएपछि रौतहटमा अन्यौल्ता छाएका हुन् ।
चन्द्रपुर, वृन्दावन, इशनाथ सहितका विभिन्न पालिकाहरुमा उम्मेदवार फेरिदा काँग्रेस कार्यकर्ता पंक्तिमा ठूलो आक्रोश रहेको छ । उनीहरु जिल्ला नेतृत्व र प्रदेश नेतृत्व माथि गम्भीर आरोपहरु लगाईरहेका छन् । आर्थिक चलखेलको आधारमा टिकट विक्रीको गम्भीर षड्यन्त्रण भएको उनीहरु बताउँछन् ।
पार्टीको लागि मरिमेट्नेहरुलाई अन्तिम क्षणमा आएर टिकट नदिई जिल्ला अधिवेशनको समयमा विरोध गरेकाहरुको यसपालि टिकटबाट पत्ता साफ गरिएको काँग्रेस आन्तरिक श्रोतबाट बुझिएको हो । निर्वाचनको समयमा टिकट नपाउदा पार्टी दलबदल गर्नेहरुको ठूलो जमातहरु अहिले सक्रिय भएका छन् । राजपुर नपाको मेयरमा जितेका शेख शकिललाई टिकट नदिएपछि उनी एमाले प्रवेश गरिसकेका छन् । महासमिति सदस्यहरु समेत जिल्ला नेतृत्वबाट विक्षुप्त भई काँग्रेस परित्याग गर्नेहरुको यतिवेला लर्को लागेको छ । हेरौ भली सम्म क कसले टिकट पाउने हो क कसले पार्टी छाड्ने हो भोलीको दिनले देखाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै