गौरमा अजय गुप्ता प्यानल सहित मनोनयन पत्र दर्ता गराए, जिल्लामा लोसपा, नेकपा एस र जनमत सहित स्वतन्त्रले उम्मेदवारी दिए

   ११ बैशाख २०७९, आईतवार १८:३३  

रौतहट, ११ वैशाख । वैशाख ३० गते हुने निर्वाचनको लागि ११ र १२ गते मनोनयन पत्र दर्ता गराउने समय अवधीको आईतवार पहिलो दिन लोकतान्त्रिक समाजवादी पार्टी सहित स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन् ।
रौतहटको १८ पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गौरको मेयरमा अजयकुमार गुप्ता र उपमेयरमा उषा झा सहित पुरै प्यानलको मनोनयन पत्र दर्ता गराएका हुन् । बहुजन समाजवादी पार्टीको तर्फबाट प्रभुनारायण तिवारी, स्वतन्त्रमा अनिमेश मिश्र र सुबोध झाले उम्मेदवारी दर्ता गराएको छ ।


यसैगरी दुर्गा भगवतीमा लोसपाको अध्यक्ष पदको उम्मेदवार रतिनाथ झा सहित उनको प्यानलले उम्मेदवारी दर्ता गराएको बताइएको छ ।
जनमत र स्वतन्त्र गरी मेयर उपमेयर सहित विभिन्न पदमा १०० भन्दा बढि उम्मेदवारहरु आज मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृतहरुको कार्यालयले जनाएका हुन् ।


काँग्रेस सभातपति शेरबहादुर देउवाको हस्ताक्षर नमिल्दा उम्मेदवारी दिन पाएनन अंजु झा


यसैगरी इशनाथ नगरपालिकाको मेयर पदमा काँग्रेसबाट टिकट पाएकी अंजु झा आफनो दलबल सहित मनोनयन पत्र दर्ता गराउन जाँदा उनले पाएको टिकटमा पार्टी अध्यक्ष शेरबहादुर देउवाको हस्ताक्षर नमिलेको हुँदा उनी सहित उनका प्यानले मनोनयन पत्र दर्ता गराउनबाट बंचित हुनु परेको बताइएको छ ।
इशनाथ नगरपालिकाको निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले काँग्रेसको टिकट लिएर आएको तर हस्ताक्षरमा शंका लाग्दा भेरिफिकेशनको लागि आयोगको केन्द्रीय कार्यालयमा पत्राचार गर्दा त्यहाँबाट यस्तो हस्ताक्षरबाट उम्मेदवार दिन नमिल्ने बताएपछि उनको मनोनयन पत्र दर्ता नगरिएको उनले स्पष्ट पारे ।
मनोनयन दर्ता गराउनबाट बंचित भएकी अंजु झाले यो समस्या मेरै मात्र नभई पुरै देशकै समस्या भएको हुँदा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले निर्वाचन आयोगमा हस्ताक्षर पठाएपछि भोली मनोनयन पत्र दर्ता गरिने दाबी गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै