सधैको लागि अस्ताइन महिला नेतृ डिम्पल झा………

   ११ बैशाख २०७९, आईतवार १८:५६  

मत्सरी (रौतहट), ११ वैशाख । संविधान सभा सदस्य एवं पूर्व राज्य मन्त्री डा. डिम्पल झा पार्थिव शरिर उनको पैतृक गाउँ मत्सरीमा भावपूर्ण श्रद्धाञ्जली दिदै अन्तिम संस्कारको लागि वागमती नदी तर्फ लगिदै छ ।
संविधान सभा सदस्य, प्रदेश सभा सदस्य एवं पूर्व राज्य मन्त्री तथा गजेन्द्र नारायण स्मृति प्रतिष्ठानको संस्थापक समेत रहनु भएकी झालाई मत्सरीवासीले अन्तिम विदाई गरेकी छिन् ।
उनी क्यानसरको लडाईमा परास्त हुँदै काठमाडौ स्थित निवासमा अन्तिम सास लिए । उनको ससुराली गाउँ मत्सरीबाट उनको अन्तिम यात्र सधैको लागि अन्तिम भएको छ । भारतको सितामढीको ससौला गाउँबाट साँसद अनिलकुमार झाले विहे गरी घर भित्रयाएकी श्रीमती ४२ बर्षको कलिलै उमेरमा छाडेर सधैको लागि विदा भइन ।
स्वर्गीय झाको एक मात्र छोरा र एक वुहारी छन् । उनको रुची राजनितिमा मात्रै थिए । उनको अन्तिम इच्छा रौतहटको माधवनारायण नपाको जयनगर स्थित गजेन्द्र नारायण अस्पतालको उदघाटन गराई राम्रो सेवा प्रवाह गर्ने थिए तर स्वास्थ्य अवस्था दैनिय बन्दै जाँदा चैत २७ गते सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने दिनमा उनी मृत्यु सैयाबाट उठेर उदघाटन समारोहमा सरिक भई त्यही उनको अन्तिम कार्यक्रम रहयो ।
वागमतीको पवित्र घाटमा उनको छोरा उज्जवल झाले मुखाग्नी दिने कार्यक्रम रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै