zoom app free download for pc windows 8 - zoom app free download for pc windows 8 zoom us client for meeting download how.do.u record using.zoom.app zoom app upgrade www.download zoom zoom version 5.1.0 download zoom us software free download

विप्लव समुहको काठमाण्डौ सेक्रेटरी सहित तिन नेता पक्राउ

   २३ पुष २०७७, बिहीबार १४:१६  

रौतहट, २३ पुस । महानगरिय प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन जना नेतालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही हो ।
प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका तीन जनाको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको श्रोतको दाबी छ ।
काठमाडौं प्रहरीका डीएसपी एवं प्रवक्ता प्रमिश विष्टले पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तिनै जनाविरुद्ध चन्दा ऐन अन्तर्गत म्याद थप गरिएर आवश्यक सोधपुछ जारी रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै