पाकिस्तानबाट अध्ययन गरेको उच्च शिक्षाको मान्यता भारतमा नपाउने

   १२ बैशाख २०७९, सोमबार ०७:४०  

नयाँ दिल्ली । विश्व विद्यालय अनुदान आयोगले एक विज्ञप्ती जारी गर्दै उच्च शिक्षा हाँसिल गर्न पाकिस्तान नजाने अपिल जारी गरेको छ ।
यदी पाकिस्तानबाट उच्च शिक्षा हाँसिल गरेर आएमा सोको मान्यता भारतमा पाउने छैनन ।
विश्वविद्यालय अनुदान आयोग र प्राविधिक शिक्षाका लागि अखिल भारतीय काउन्सिलले विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि पाकिस्तान नजान सल्लाह दिएका छन् । त्यहाँ प्राप्त गरेका डिग्रीहरू भारतमा मान्य नहुने बताएका छन् । “पाकिस्तानमा उच्च शिक्षा हासिल गरेका र भारतले नागरिकता पाएका आप्रवासीहरू र उनीहरूका छोराछोरीहरू भारतमा रोजगारी खोज्न योग्य हुनेछन्,” जारी गरिएको विज्ञप्तीमा भनिएकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै