नया दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेको छ ।
प्रधानमन्त्री मोदीले दर्शन गरेपछि अब यश भेगमा दक्षिण भारतबाट आउने तीर्थालु भक्तजनहरुको सख्या बढेको विश्वास व्यक्त गरेको छ ।
प्रधानमन्त्री मोदीले २०७५ वैशाख २९ गते मुक्तिनाथ दर्शन गरेका थिए ।
प्रधानमन्त्री मोदी ले मुक्तिनाथ को दर्शन गरे पछी दक्षिण भारत बाट आउने तिर्थालु को सख्या ह्वात्तै बढेको मन्दीर का पुजारी कृष्णप्रसाद सुवेदीले बताएका छन ।
समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइको मुक्तिनाथमा प्रतिदिन ४ हजार जनाले दर्शन गरिरहेको पुजारी सुवेदीले बताए । अप्रिल, मे र जुन मा मनाङ र मुस्ताङमा पर्यटक आउने सिजन हो ।
यो सिजनमा धेरै मात्रामा भारतीय तीर्थालु आउने गरेको पुजारी सुवेदीको भनाइ रहेको छ ।
अहिले मुक्तिनाथमा जिप, कार, स्कोर्पियो र बस सजिलै आउन सक्ने इलाका प्रहरी कार्यालय मुक्तिनाथका असई गिरु पौडेलले जानकारी दिएका छन ।
एकै दिन ३ सयको हाराहारीमा मोटरसाइकलका सवारी साधन समेत आउने गरेको उनले बताए ।
अहिले प्रतिदिन औसत ३ सय भारतीय पर्यटक मुस्ताङ आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमका पर्यटन सहायक राजन लामिछानेको भनाइ रहेको छ ।
औसत ५० जना भने तेस्रो मुलुकका रहने गरेको उनले बताए । पर्यटकलाई पोखरा, मुस्ताङतर्फ घासा र जोमसोममा पर्मिट दिने गरिएको एक्याप मनाङका कार्यालय प्रमुख ऋषि बरालले जानाकरी दिए । सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र विदेशीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएर संरक्षित क्षेत्रको भ्रमण अनुमति दिइन्छ । कोरोना संक्रमणपछि मुक्तिनाथको चेकपोस्ट बन्द रहेको छ । पर्यटकलाई दृष्टिगत गरी मुक्तिनाथ चेकपोस्ट छिट्टै सञ्चालन गरिने उनले बताएका छन ।