ब्रम्होस क्षेप्यास्त्र प्रणाली संचालन गर्न फिलिपिन्सको सैनिक तालिम लिन भारत आउने

   १२ बैशाख २०७९, सोमबार ०८:२४  

नया दिल्ली । ब्रम्होस क्षेप्यास्त्र प्रणाली सञ्चालनका लागि भारतले फिलिपिनो सैनिकहरूलाई तालिम दिने भएको छ । ब्रम्होस क्षेप्यास्त्र प्रणालीको सञ्चालन गर्ने तालिम लिनका लागि फिलिपिनो सैनिकहरु जुलाई–अगष्ट महिनादेखि भारत आउने छन् ।

गत जनवरी महिनामा दुई मुलुकबीच ब्रम्होस क्षेप्यास्त्र प्रणालीका लागि ३७ करोड ५० लाख डलर बराबरको सम्झौता भएको थियो । हाल ब्रम्होस क्षेप्यास्त्र निर्माता कम्पनी ब्रम्होस एअरस्पेसले फिलिलिन्सको सेनालाई युद्धपोत भेदी क्षेप्यास्त्र प्रणालीको आधार निर्माण गर्न सहयोग गरिरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आगामी १८ महिनाभित्र भारतले ब्रम्होस क्षेप्यास्त्र प्रणालीको पहिलो चरण फिलिपिन्स पुग्ने बताइएको छ । यद्यपि यस प्रणालीको सञ्चालनबारे तालिम लिन फिलिपिन्सका सैनिकहरु यही वर्षको जुलाई देखि अगष्ट महिनामा भारत आउन लागेको एएनआईले जनाएको छ ।

उनीहरुको तालिम राजधानी दिल्ली र हैदरावाद शहरमा हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै