रौतहट, २३ पुस । सेलिब्रेटी फेसन डिजाइनर स्वप्निल सिन्दे नयाँ वर्षदेखि आफ्नो पहिचान बदलेर सायशा बनेका छन् ।
स्वप्निल बलिउडका चर्चित डिजाइनर मध्ये एक हुन् । उनले श्रद्धा कपूर, करिना कपूर, दीपिका पादुकोण, कियारा आडवाणी लगायतका सेलिब्रेटीहरुको पोशाक डिजाइन गरिसकेका छन् ।
स्वप्निलका अनुसार कलेज पढ्दादेखि नै आफू पुरुषतर्फ धेरै आकर्षित छु भन्ने हेक्का उनलाई भइसकेको थियो । तर, ६ वर्षअघि मात्रै उनले स्पष्टसँग बुझे, ‘मानिसले पूरुष सम्झे पनि म पुरुष होइन ।’ नेशनल इन्स्टिच्युट अफ टेक्स्टाइलबाट फेशनको पढाई पूरा गरेका स्वप्निल आफ्नो ब्याचका प्रतिभावान् छात्रहरुमध्ये एक मानिन्छन् । उनी भन्छन्, ‘म कलेजको समयमा नै निकै लजाजु स्वभावको व्यक्ति रहें । म आफैं धेरै सोचेर बस्थें, तर चाडैं मलाई याद भयो कि म युवकहरु तर्फ धेरै झुकाव राख्छु । यसबारे मैले एक दुई जना सँग कुरा कानी गरें, त्यसपछि मलाई लाग्यो कि समलिङ्गी हुनु गलत होइन र मैले आफैंलाई पनि ‘गे’ मान्न थालें । तर यति बेला सम्म पनि मैले आफुलाई बुझेको थिइनँ ।’
स्वप्निल सिन्देका अनुसार ६ वर्ष पहिले उनलाई यस कुराको महसुस हुन थाल्यो । उनलाई थाहा भयो कि हेर्दा पूरुष जस्तो देखिए पछि उनी पुरुष होइनन, उनलाई आफ्नो शरीरको संरचना पुरुष जस्तो लाग्दैन । यसपछि उनले आफूभित्र लुकेको स्त्री र स्त्री गुण खोज्न थाले । अनि, चिकित्सकहरु सँग परामर्श गरे । बुधबार आफ्नो खोज पूरा गर्दै उनले आफ्नो नयाँ परिचय सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो पुरै कथा बताएर उनले नयाँ नाम ‘सायशा’ का रुपमा आफूलाई बोलाउन आग्रह गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन