प्रदेश सभा सदस्य पद परित्याग गरेर कुशवाहा मेयरमा उम्मेदवारी दिए

   बैशाख १२, २०७९  
317 Shares

सर्लाही, १२ वैशाख । नेपाली कांग्रेसका नेता उपेन्द्र प्रसाद कुशवाहाले गोडैता नगरपालिकाको मेयरमा उम्मेदवारी दिन प्रदेश सभा सदस्यबाट राजिनामा दिएका छन् ।
सर्लाहीको क्षेत्र नम्बर ४ का प्रदेश सभा क्षेत्र (ख) बाट निर्वाचित कुशवाहाले राजिनामा दिएका हुन् । नगरबासीहरुको दबाबका कारण आफूले प्रदेश सभा सदस्यबाट राजिनामा दिएर नगरपालिकाको मेयर उम्मेदवारी दिने लागेको कुशवाहाले बताए ।
२०७४ को निर्वाचनमा गोडैता नगरपालिकाको मेयरमा निकटतम प्रतिद्वन्द्वीको रुपमा पराजित भएपछि कुशवाहालाई कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकोे थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै