मोरङको दुई पालिकामा माओवादी र जसपा बिच गठबन्धन

209 Shares

विराटनगर, १२ वैशाख । मोरङका दुई पालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै गटबन्धन गरेका छन् ।
सिट बाँफाँको विषयमा नेपाली कांग्रेस संग सहमति नजुटेपछि माओवादी र जसपाले सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा गठबन्धन गरेका हुन् । जसपाको प्रभाव क्षेत्र रहेका दुई पालिकाको प्रमुख जसपाले पाएको छ । उपप्रमुख र उपाध्यक्ष माओवादीले पाएको छ ।
मोरङको लेटाङ नगरपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।
नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती गठबन्धनका नाममा नेपाली कांग्रेसले धोका दिएको बताए ।
नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे गठबन्धनका लागि स्थानीय तहबाट नै प्रयास भइरहेको बताउँछन् । जिल्ला तहबाट प्रयास गर्दा गठबन्धन हुन नसकेको उनले बताए । गठबन्धन अवस्था आएपछि कांग्रेसले सबै पालिकामा उम्मेदवारी दर्ता तयारी गरेको छ ।
सचिव घिमिरेका अनुसार सबै पालिकामा उम्मेदवार छनोटका लागि छलफल भइरहेको छ । माओवादी केन्द्रले उम्मेदवारी दिने र गठबन्धनका लागि मनोनयन फिर्ताको समयसम्म प्रयास गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार