माधवकुमार नेपालको गृह जिल्लामा गठबन्धन भएन

   १२ बैशाख २०७९, सोमबार १५:४६  

रौतहट, १२ वैशाख । नेकपा एसको अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा केन्द्रीय स्तरमा चुनावी गठबन्धन गर्न मरिहत्थे गर्ने तर गृह जिल्ला रौतहटमा गठबन्धन गर्न आनाकानी गरेको पाइएको छ ।
सत्तारुढ गठबन्धनको सरकारमा समावेश भएको नेकपा एसले महानगरपालिका, उपमहानगर पालिकामा गठबन्धन गरेर निर्वाचनमा जान अध्यक्ष नेपाल लागिपरेपनि गृह जिल्लामा गठबन्धन गर्नबाट उनकै जिल्ला स्तरिय नेताहरु पछि हटेको हो ।
गृह जिल्लामा अधिकाँश पालिकामा प्रमुखको उम्मेदवार नपाउनु आफैमा विडम्वना रहेको देखिन्छ । गौर, राजदेवी, गरुडा, यमुनामाई, चन्द्रपुर, वृन्दावन सहितको पालिकामा प्रमुख पदमा उम्मेदवारी परेपनि अन्य पालिकामा अहिले सम्म उम्मेदवारी नपर्नाले नेकपा एस माथि जनताहरु विश्वास गर्ने आधार नभएको कतिपय विश्लेशकहरुले तर्क दिएको छ ।
कमजोर संगठन, कार्यकर्ताहरुको चरम अभाव, जिल्ला नेतृत्वको अदुदर्शिता तथा कोठे नेताहरुको कारण रौतहटको १८ पालिकाहरुमा उम्मेदवार खोज्न एसलाई धौ धौं परेको बताइएको छ । गरुडा नगरपालिकामा उम्मेदवारको खोजी हुँदै गर्दा उम्मेदवार पाउन निकै गाह्रो थिए तर जसपाको मधेश प्रदेश सदस्य वृजकिशोर यादवलाई उक्त पार्टीबाट टिकट नपाएपछि आईतवार राति नेकपा एसमा प्रवेश गरेर गरुडा नपामा मेयरको टिकट पाएको छ । यस्तै अन्य दलहरुमा टिकट नपाउनेहरु अहिले एसमा आउने र जाने क्रम जारी रहेको छ ।
हिजो राति नै इशनाथ नगरपालिकामा नेपाली काँग्रेसको टिकटको आकाँक्षि कोशिला देवी सिन्हा काँग्रेसको टिकट नपाएपछि नेकपा एस प्रवेश गरेको १२ घण्टा नवित्दै पुन ः लोसपामा प्रवेश गरेको घटनाबाट माधव नेपालजीको गृह जिल्लामा उम्मेदवार पाउन निकै कठिन रहेको देखिएको छ ।
त्यसो त अन्य दलहरुको अवस्था उस्तै उस्तै हो, नेपाली काँग्रेस, एमाले, जसपा, लोसपामा टिकटको आकाँक्षीहरुलाई टिकट नपाएपछि दलबदल गर्नेहरुको अहिले रौतहटमा लर्को लागेको छ । काँग्रेस र एमालेमा पैसावालाहरुले मात्रै टिकट पाइरहेको काँग्रेस पार्टीका एक नेताले बताए । स्थानीय तहको निर्वाचन काँग्रेस जिल्ला नेतृत्व र मधेश प्रदेश प्रमुखको चुनावी बजार लागेको जसले बढी बोली लगाए त्यसैले टिकट पाएको गुनासो अधिकाँश उम्मेदवारहरुको छ ।
नकेपा एमालेका नेता बबन सिंहले समाजिक संजालमै लेखेर आफनो मनको भडास निकालेको छ । स्थायी समिति सदस्य प्रभु साह माथि आरोप लगाउदै उनले जाति विशेषमा टिकट दिने गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै