नेकाबाट गौरको मेयरमा मोहन यादव र उपमेयरमा डा. खातुनले उम्मेदवारी दर्ता गराए

   १२ बैशाख २०७९, सोमबार १६:१४  

रौतहट, १२ वैशाख । गौर नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट मोहन यादव र उपमेयरमा डा. शाहजहा खातुनले सोमवार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएको छ ।


नेपाली काँग्रेसको नगरसमिति सभापति समेत रहेका यादव आफनो प्यानले संगै दलबल सहित मनोनयन पत्र दर्ता गराउनु अघि गौर नगरको परिक्रमा गर्दै नगरपालिकाको कार्यालयमा स्थापित भएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएको हो ।


मेयर पदको उम्मेदवार यादवले आफू गौर नगरलाई विकसित बनाउने, आधुनिकीकरण गरी रोजगारको व्यवस्थापन गराउने, निशुल्क चिकित्साको प्रबन्ध मिलाउने जस्ता कार्यक्रमहरु प्राथमिकताको साथ अघि बढाउने भएको हुँदा गौर नगरबासीले परिवर्तन चाहिरहेको अवस्थामा यसपाली रुख निर्वाचन चिन्हमा मतदान गरी गौर नगरको मुहार फेर्नमा सहयोग पुर्याउने अपिल गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै