नेकपा एसबाट गौर नगरको मेयर पदमा शम्भु साह सहित प्यानलको मनोनयन पत्र दर्ता

   १२ बैशाख २०७९, सोमबार १६:३७  

रौतहट, १२ वैशाख । नेपाल कम्युनिष्ट (पार्टी एकिकृत समाजवादी) को तर्फबाट गौर नगरको प्रमुख पदमा शम्भु साहले मनोनयन पत्र दर्ता गराएको छ ।


बाजागाजा कार्यकर्ता सहित गौर नगरको परिक्रमण पश्चात निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिकामा पुगेर साहले मेयर पदमा नेकपा एसबाट मनोनयन पत्र दर्ता गराएको हो ।
उहाँ संगै उपमेयरमा शैल देवीले मनोनयन पत्र दर्ता गराएकी छिन् । नेकपा एसबाट सम्पूर्ण पदमा उम्मेदवारी दर्ता गराएपछि संचारकर्मीहरु संग कुरा गर्दै मेयर पदकको उम्मेदवार साहले विगत ५ बर्षमा गौर नगरमा कुनैपनि विकास नभएको, भ्रष्टाचार बढेको, शिक्षा माफियाहरुको हालीमुहाली भएको हुँदा उक्त कार्यलाई निरुत्साहित गर्दै गौरमा विकासको लहर ल्याउने नगरवासी संग वाचा गरे ।


पर्यटन पुर्वाधारको विकास, धार्मिक पर्यटनलाई बढावा, बरहवा खोलालाई पर्यटनमा विकसित गराउने, गुणस्तरिय शिक्षा, स्वास्थ्य लगायत युवाहरुलाई रोजगारको व्यवस्थापन गराउने कार्यमा सहयोग पुर्याउन एक पटक गौरनगरवासीले आफनो अमूल्य मत दिएर गौर नगरप्रमुखमा निर्वाचित गराउन अपिल गरे । म सधै नगरवासीको सेवक बनेर काम गर्छु नकि मालिक बनेर । गौरलाई सेवकको आवश्यक्ता रहेको छ, म सधै सेवक भएर नगरवासीको इच्छा आकाँक्षालाई पुरा गर्ने पूर्ण प्रतिबद्धता जाहेर गर्दछु, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै