zoom download program filter zoom download zoom download for laptop windows 10 64 bit download zoom for windows offline installer download zoom client for meetings 5.4.9 zoom connection issues on pc download zoomo

दुर्गा भगवती गापाको अध्यक्षमा नेकाबाट अरुण साह र उपाध्यक्षमा मञ्जु देवी झा सहित प्यानले उम्मेदवारी दर्ता गराए

   १२ बैशाख २०७९, सोमबार १६:५५  

दुर्गा भगवती (रौतहट) १२ वैशाख । दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा एकपटक पुन ः अरुणकुमार साहले आफनो प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा साह, उपाध्यक्षमा मञ्जु देवी झा सहित सबै २७ पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेता कार्यकर्ता र जनताहरु बाजागाजा सहित साह प्यानले निर्वाचन अधिकृतको कार्यालय गंगापिपरामा बुधवार उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ता गराएपछि उनले धेरै कार्य गरिसकेको केही अधुरो विकास निर्माणको कार्य बाँकी रहेको हुँदा पुन ः यसपाली पालिकावासीले मलाई पालिकामा स्थापित गराउनु पर्ने हार्दिक अपिल गरे । दलित बस्तीलाई भवन, सडक, विजुली वत्ती, नाला, विद्यालय भवन, स्वास्थ्य भवन, पालिका भवन लगायतको धेरै कार्य भएकोले अलिकति पनि विचलित नभई रुख छापमा अमूल्य मतदान गर्न आग्रह साहले गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै