ठाकुरराम बहुमुखी क्याम्पस प्रमुख डा. कुश्वाहाको निधन

   २३ पुष २०७७, बिहीबार १४:४४  

रौतहट, २३ पुस । ठाकुरराम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. राजदेव कुशवाहको विहिवार विहान काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
क्याम्पस प्रमुख डा. कुश्वाहा विगत ३ महिना देखि जन्डिस रोगबाट पिडित रहदा उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई केहि दिन अगाडी विरगंजको एक निजि अस्पताल भर्ना गरिएका थिए । विरगंज अस्पतालमा सुधार नआएपछि थप उपचारका लागि उनलाई काठमाडौँ स्थित नर्भिक अस्पतालमा लागिएको थियो ।
नर्भिक अस्पतालमा डा. कुशवाहलाई आईसीयूमा र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा आज बिहान २ बजेको समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । डा. कुशवाहको अन्त्येष्टि आजै दिउँसो उनको पैतृक गाउँ वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मी स्थित कोहड़ीमा हुने कार्यक्रम रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै