दुर्गा भगवती गापा अध्यक्षमा माओवादीबाट शम्भु सिंह सहित प्यानलले दिए उम्मेदवारी

   १२ बैशाख २०७९, सोमबार १७:१४  

दुर्गा भगवती (रौतहट), १२ वैशाख । नेकपा माओवादीको तर्फबाट दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा शम्भु सिंहले उम्मेदवारी दर्ता गराएको छ ।
सयौं स्थानीय बासिन्दाहरु संगै युवा नेता सिंह दुर्गा भगवती मन्दीर मत्सरीको दर्शन र परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालय गंगापिपरामा गएर मनोनयन पत्र दर्ता गराएको हो । सिंह संग विभिन्न २७ पदमा मनोनयन पत्र दर्ता गराइएको बुझिएको छ ।
उम्मेदवारी दिएपछि टेलिफोन मार्फत संक्षिप्त रुपमा कुरा गर्दै उम्मेदवार सिंहले दुर्गा भगवतीबासीले परिवर्तन चाहेको छ, यसपाली परिवर्तन भएर छाड्ने छन् । विकासको लहर ल्याउने, भ्रष्टाचारीलाई कारवाही गर्ने, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने, गरिव असहायलाई रोजगारीको प्रवन्ध मिलाउने, पालिकाको पाँचै वडालाई वडा मैत्री बनाएर अघि बढ्न प्रमुख प्राथमिकताको सूचीमा रहेकोले पालिकावासीको आशिर्वादको साथै गोलाकारमा हसिया हथौडामा मत दिई विजयी बनाउने अपिल गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै