काँग्रेसबाट गरुडाको उपमेयरमा पुनम चौधरीको उम्मेदवारी दर्ता

गरुडा (रौतहट), १२ वैशाख । गरुडा नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयरमा पुनमकुमारी चौधरीले मनोनयन पत्र दर्ता गराएकी छिन् ।
उपमेयर पदमा दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफनो मनोनयन पत्र दर्ता गराउदै अब म जस्तो अवलालाई जिताउन गरुडा नगरवासी संग हाथ जोडेर विनम्र विन्ती गरेकी हुन् ।
गरुडा नगरपालिकाको चर्चित पत्रकारको रुपमा रहेका स्व. मनोज चौधरीको श्रीमती पुनम हो । मनोज गरुडा नगरको विकास निर्माण देखि लिएर नगरपालिकाको जनताको हरेक सुखदुखमा साथ रहेपनि कोभिडको समयमा उनको असायमिक निधन भएपछि पुनम एक्लिएकी छिन् । उनलाई गरुडा नगरवासीको आशिर्वाद चाहियो र श्रीमानको सपना पुरा गराउनको लागि मात्रै चुनाव लड्नु परेको बताए ।
यसपाली गरुडाको उपमेयरमा पुनम जस्तो अवला नारीको पक्षमा मतदान गर्न उनले नगरवासी संग विन्ती गरिन ।