सेवाग्राहीबाट घुसको रकम लिदै गर्दा नायव सुब्बा सहित २ जना अख्तिारको नियन्त्रणमा

450 Shares

रौतहट, २३ पुस । लालपुर्जामा नाम सच्याइदिने भन्दै सेवाग्राहीबाट ११ हजार घस वापतको रकम लिदै गरेको अवस्थामा सर्लाहीको हरिवान स्थित मालपोत कार्यालयको नायव सुब्बालाई अख्तियार अनुसन्धान आयोगको टोलीले विहिवार नियन्त्रणमा लिएको छ ।
सर्लाहीको हरिवन नगरपालिकामा रहेको मालपोत कार्यालयका नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई घुस वापतको रकम सहित अख्तियार अनुसन्धान आयोग वर्दीवासको टोलीले नियन्त्रणमा लिएको हो ।
मालपोत कार्यालय हरिवनको नायव सुब्बा बरालले साहै अति गर्यो भनेर सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयमा उजुरी गरेको आधारमा उक्त कार्यालयबाट खटिएका अनुसन्धान अधिकृत सहितको टोलीले नायव सुब्बा बराल र लेखापढी महतोलाई रंगेहात नियन्त्रणमा सफल भएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीको लालपूर्जामा नाम सच्याउने नाममा ११ हजार रुपैया माग गरेपछि उक्त सेवाग्राहीले ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ नियन्त्रणमा लिई उनीहरु विरुद्ध अनुसन्धान सुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दीवासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार