legal zoom not able to download zoom blur transition premiere pro download zoom meeting conference download origin of zoom app zoom meeting download

धनुषामा ट्रकमा मुसा ठोक्किदा तीन जनाको मृत्यु

   १३ बैशाख २०७९, मंगलवार १५:३२  

जनकपुरधाम, १३ वैशाख । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रोकिरहेको मालबाहक ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित ग्रामिण सडक खण्डमा रोकिराखेको ना.२ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । मोटरसाइकलमा सवार तीनै जनाको घट्ना स्थलमै मृत्यु भएको उनले भने ।
मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याइएको छ । डिएसपी बस्नेतका अनुसार मृतक मध्ये एक जनाको सनाखत भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ का २० वर्षीय सुमित भिण्डेबालको रुपमा सनाखत भएको छ भने अन्यको पहिचान हुनसकेको छैन ।
बाटोमा रोकिराखेका ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अवश्याक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै