पञ्जाब द्धारा चेन्नई ११ रनले पराजित

   १३ बैशाख २०७९, मंगलवार १५:३९  

मुम्बई, १३ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । पन्जाबको जितमा शिखर धवनले अविजित ८८ रनको योगदान गरे ।
धवन प्लेयर अफ द म्याच भए । १८८ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षति १७६ रन मात्र बनाउन सक्यो ।
यसैगरी भानुका राजपाक्षले ४२ र कप्तान मयंक १८ रन जोडे । बलिङ तर्फ ड्वेन ब्राभोले २ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै