अधुरो एवं बाँकी रहेको योजनाहरुलाई पुरा गराउन एमालेको तर्फबाट पुन ः मेयरको उम्मेदवार बनेकी रिनाकुमारी साहको प्रतिबद्धता

   १३ बैशाख २०७९, मंगलवार १७:०८  

रौतहट, १३ बैसाख । मधेश प्रदेशकै पहिलो महिला मेयर रहेकी रिनाकुमारी साह पुन ः रौतहटको मौलापुरबाट मेयर पदमा उम्मेदवारी दिएकी छिन् ।
पाँंच बर्षमा पूरा गर्न नसकेका दिर्घकालिन योजनाहरु सम्पन्न गर्न र अधुरा रहेका काम सम्पन्न गराउनका लागी पुन उम्मेदवार बनेको साहले प्रतिबद्धता पत्र मार्फत नगरवासी संग अपिल गरेकी हुन् ।
उनले एक प्रतिवद्धता पत्र सार्वजनीक गर्दै भौतिक पुर्वाधार, सेवा प्रवाह र शुसासन, सामाजीक न्याय, गुणस्तरिय एवं वैज्ञानिक शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकुद, कृषि, उद्योग र व्यापार, पर्यटन तथा संस्कृतीलाई थप बिकास गर्नका लागि थप योजनाहरु बनाएको प्रतिवद्धता पत्रमा उल्लेख गरीएको छ ।

मेयरको उम्मेदवार बनेकी रिनाकुमारी साहको प्रतिबद्धता पत्र यस्तो छ ।

रिनाकुमार साहले पहिलो कार्यकालमा मौलापुरमा गरेको कामहरु यस प्रकारको छ ।

रौतहटको साविक पतौरा, पथराबुधराम, सोनरनिया र मर्यादपुर गाविसहरुलाइ जोडेर २०७३ सालमा मौलापुर नगरपालिका बनेको हो ।
नौ वटा वडा रहेको मौलापुर नपा अहिले तिव्र बिकासको गतीमा छ ।
एकदशक अघिसम्म विकासको तहमा निकै पछाडीरहेको मौलापुर नपा जिल्लाको पस्चिमी भेग लालबकैया नदीको चपेटाका कारण पनि थप पछाडी पर्दै आएको थियो ।
त्यस समय मौलापुर र आसपासका बासीन्दा स्वास्थ्य, शिक्षाजस्ता आधारभुत सेवालिन र किनमेल गर्न सदरमुकाम गौर, कटहरीया, गरुडा र चन्द्रनिगाहपुर तथा छिमेकी जिल्ला बाराको कलैया पुग्नुपर्ने बाध्यता थियो तर अहिले त्यो समस्या टरेको छ ।
सडक , पुल नहुदा बर्षाको समयमानिकै कष्ट झेल्नुपर्ने हुन्थ्यो । पूर्वमा रहेको लालबकैया नदी र बारा जिल्लाको सिमानामा रहेको अरुवाखोलाकाकारण मौलापुर नपाको धेरै बस्ति डुवानमा पर्नुका साथै , आवतजावतमा नै समस्याहुने गर्दथ्यो अहिले ठाउठाउमा पुलबनेको छ । सडककालोपत्र भएपछि सानातथा ठुला सवारी साधनहरु चल्नथालेका छन ।
२०७४ मा सम्पन्न स्थानीयतहको चुनावमा मौलापुर नपाले महिला मेयर पायो । मधेश प्रदेश कै एक मात्रमहिला मेयर बन्न रिनाकुमारी साह सफल भइन ।
मेयर साहको अनुभव छ , ‘ नगरको हरेक क्षेत्रमा धेरै समस्या थियो,चुनौतीहरु प्रशस्त थियो तर सकारात्मक सोच र ठोस योजना बनाएर अगाडी बढ्दा सफल हुने रहेछ ।’
अहिले मौलापुरनपा ५ बर्ष अघि जस्तौ छैन ,नमुना नगरको रुपमा बिकसीत हुदैगएको चर्चा चल्न थालेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, सूचनाप्रविधि, पर्यटन, कला संस्कृतीको जगेर्ना, धार्मीक तथा पुरातात्विक स्थलहरुको संरक्षण जस्ता कामहरु भएका छन ।
टोलका भित्री बाटोहरु पक्की ढलान भएका छन , भने अन्य नगर तथा मुल सडकहरु जोड्ने बाटोहरु कालोपत्रे भएका छन । करीव १५ किलोमिटर नया सडक निमार्ण गरेर कालोपत्रे गरीएको छ ।पुराना सवैजसो बाटोहरु ढलान र कालोपत्रे गरीएको छ ।
नगरपालिकाले महत्वाकांक्षी योजना अन्र्तगत दुइ वर्षमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत ७ सय २८ परिवारलाइ घर मर्मत तथानिर्माण गरेको छ ।
मौलापुर, मर्यादपुर,पथरा,नन्कार,पतौरा,गम्हरीया लगाएतटोलमा घर बनाउन रकम अनुदान दिएको मेयर साहले जानकारी दिइन ।
नगरपालिकाको अग्रसरतामा ७ करोड १२ लाख लागतमा एकीकृत नमुना बस्ती निर्माण भएको छ ।
एकीकृत बस्ती बिकास कार्यक्रम अन्तर्गत मर्यादपुरमा २५ परिवार, मौलापुरमा १८ परिवार लाइ पक्की घर निर्माण गरी हस्तान्तरण गरीएको छ ।
चारवर्षको अवधी मा नगरपालिकाले करीव १२ करीव बिगाह जग्गाखरिद गरेर शैक्षिक संस्था, सरकारी कार्यालय, एकीकृत बस्ती बिकास लगाएतको दिर्घकालिन पूर्वाधार गरीरहेको मौलापुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको सवै वडाहरुमा बिधालय स्थापनाभएको छ । अधिकाश बिधालयको स्तरोन्नती गरीएको छ । मौलापुरलाइ शैक्षिकहब बनाउने उद्देश्यरहेको मेयर साहले योजना सुनाइन ।
रौतहटमा नै सो नगरपालिकाले स्थानीय राजपत्र सहित नगरपालिकाशिक्षा ऐन २०७५, कृषि ऐन, कृषि संस्थान ऐन, सहकारी ऐन, एफएम रेडियो प्रशारण ऐन, प्राविधिक तथा व्यवसायिकतालिम प्रतिष्ठान ऐन र प्रशासनिककार्यविधिऐन गरी सातवटा ऐन पारीत गरेर लागु गरेको छ । जिल्लाकाअन्य स्थानियतहले स्थानिय ऐन पारीत गर्न सकेका छैनन ।
मौलापुर पोलिटेक्निकक्याम्पस संचालन गरीएको छ । सिभिल इन्जिनिरिङ,इन्जिनियरिङको डिप्लोमा तहको कक्षा सञ्चालनमा छन ।
‘महिलासँग मेयर कार्यक्रमअन्तर्गत नगरका बिपन्न परिवारका उमेर पुगेकाछोरीको बिवाहमा २५ हजार रुपैयाँ अनुदानको व्यवस्था गरीएको छ ।
प्राथमिकउपचार केन्द्रमाएक बर्ष अघि देखी प्रसूतिसेवाउपलब्धछ भने सरकारी बिधालयका छात्राहरु लाइ सेनिटरी प्याड बितरण हुदै आएको छ ।
सिँचाइकाका लागी प्रयोग हुदै आएको कृषिविद्युत मिटरको शुल्क नगरपालिकाले तिर्ने निर्णय भएको छ । सवै वडामा ओभरहेड खानेपानी ट्याकी निमार्ण भएका छन ।
सो नगरधुवाचुलो मुक्तनगर घोषणा भएको छ । उन्नतजातको बीउबिजन निःशुल्करुपमा बितरण हुदै आएको छ । फलफूल तथा अन्न भण्डारणका लागी कोल्डस्टोर निमार्ण भैरहेको छ । नगरपालिकाले मालपोत कर पूर्णरुपमा छुट दिएपछि नगरबासी अझ खुशी भएका छन ।
नगरको मुख्यबजारहरुमा निशुल्क रुपमा प्रयोग गर्न सकिने इन्टरनेटको प्रबिधी जडान भएको छ भने सुबिधा सम्पन्न बसपार्कको निमार्ण भएको छ ।
इमान्दारीताका साथ काम गरे जनताको चाहानालाइ पुरागर्न सकिने रहेछ भन्ने अनुभव भएको मेयर साह बताउछीन ।
बाकी रहेका कामहरु पुरा गर्न तथा जनताको आवश्यक्ता पुरा गर्नका लागी आफु एक पटक सेव कबनेर आउन लागेको मेयरका उम्म्ेदवार साहको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै