दक्षिण एशियामा चिनियाँ प्रभुत्व जमाउनमा सक्रिय

   १४ बैशाख २०७९, बुधबार १३:१९  

चिनले दक्षिण एसियामा आफ्नो पहुँचलाई अझ बिस्तार र ससक्त बनाउन नया रणनीतिहरु अख्तियार गर्दै लागिरहेको छ।चिनले दक्षिण एसियाका भारत ,भुटान र माल्दिभ्स लाई अलग राखेर नेपाल ,पाकिस्तान ,बङगलादेश अफगानिस्तान र श्रीलंका सङ्ग सहकार्य गरेर चीन-दक्षिण एसियाली मुलुक गरिबी उन्मुलन तथा सहकारी बिकास केन्द्र स्थापना गरेको छ यसलाइ नै चिनले दक्षिण एसियामा आफ्नो प्रभाव जमाउने अस्त्रको रुपम प्रयोग गर्दै छ।

दक्षिण एसियायी  क्षेत्रीय सहयोग संगठन (सार्क)मा प्रबेश गरेर दक्षिण एसिया छिर्ने र आफ्नो प्रभाव बढाउने रणनीतिलाई भारतले असफल पारिदिए पछि चिनले सार्क कै अरु मुलुक लाई आफ्नो कुटनैतिक खेलमा पारेर नया रणनीति अघि सारेको हो।चिनले नेपाल सहित पाँच सार्क रास्ट्रका राजदुत हरुलाइ बोलाएर केही महिना अघि मात्र सिचुवान प्रदेशको चोङ्किङमा भेला गरेर उक्त केन्द्रको स्थापना गरेको थियो यस्लाइ उस्ले दक्षिण एसिया छिर्ने रणनीतिक बाटोको रुपमा लियको छ।चिनले दक्षिण एसियाली गरिब मुलुकको गरिबी समस्या समाधानको लागि यो केन्द्र स्थापना गरेको बताइए पनि उस्को भित्री रणनीतिक खेल अरु नै रहेको छ।गत बर्षको अप्रिलमा चीनिया बिदेश मन्त्री वाङ यो ले एक भर्चुअल कन्फरेन्स मार्फत यो प्रस्ताव लाई अधि बढाएका थिए यस्मा नेपाल सहित एसियाका पाकिस्तान ,अफगानिस्तान बाङ्लादेश र श्रीलंका का बिदेश मन्त्रीहरुको सहभागिता रहेको थियो।चिनले आफ्नो कुटनितिक प्रयास अन्तर्गत दक्षिण एसियाली मुलुकको गरिबि निवारण र सहकारी बिकास केन्द्र खोल्ने प्रस्तावलाई आफ्नो प्रभाव र बिस्तार कसरी बढाइरहेको छ भन्ने बुझ्न सकिन्छ।

चिनले दक्षिण एसियालि देशहरुको आर्थिक बिकाश र जिबिका सुधारमा सहयोग पुर्याउने, श्रोत साधनहरुलाइ एकीकृत गर्ने, ज्ञानको आदान प्रदान र गरिबी न्यूनीकरण गर्ने आश्वासन दिएर नेपाल सहितका ५ मुलुकलाइ आफ्नो प्रभावमा पारेको छ।चिनले दक्षिण एसियामा आफ्नो प्रभाव र बिस्तार गर्ने क्रममा गरिबी निवारणको कुरालाइ लिएर  आएको छ।चिनले सन २००० को सुरुवाती देखि नै दक्षिण एसियामा आफ्नो शक्ति बिस्तार गर्न खोजेको थियो।त्यसैलाइ मध्यनजर गर्दै सन २००५ मा बाङ्लादेशमा भएको सार्कको १३ औ सम्मेलनमा चिनलाइ पर्यवेक्षकको सदस्यता दियको थियो तर चीन पर्यवेक्षकको रुपमा होइन सार्क सदस्यकै रुपमा दक्षिण एसियामा छिर्न चाहन्थो तर यो उस्को चाहाना पूरा हुन सकेन ।

सार्कमा प्रबेस नपाए पछी चिन अहिले नया संयन्त्र बनाएर दक्षिण एसियामा छिर्न लागेको छ।चिनले सस्थागत रुपमा केही मुलुकलाइ प्रभावमा पारेर उक्त केन्द्रको स्थापना  गरेर दक्षिण एसियामा आफ्नो उपस्थितिलाई बलियो तथा बर्चस्व बिस्तार गर्न खोजिरहेकी छ।भु-राजनितिक रुपमा चिनले नेपाललाई दक्षिण एसिया छिर्ने एउटा प्रवेश द्वार को रुपमा हेरेको छ त्यसैले नेपाल सहित अन्य मुलुक सङ्ग मिलेर गरिबी निवारण र अन्य विभिन्न बिकास परियोजनाको नाममा चिनले दक्षिण एसियामा आफ्नो प्रभावलाई बिस्तार गर्न खोजीरहेको छ।उस्ले कोभिड १९ पछि बिस्वका शक्ति हरु धेरै ध्रुबमा बिभाजित भैरहेको बेला उसले खोप र स्वास्थ सामग्री द्वारा पनि आफ्नो कुटनैतिक काम गरिरहेको छ।चिनले आफ्नो मुलुकमा गरिबी निवारण गरिसकेको बताउदै आइरहेको छ र अन्य दक्षिण एसियाली मुलुकलाइ पनि सोही अनुसार आफ्नो प्रभाबमा पार्न विभिन्न सहयोग कार्यक्रम र परियोजना मार्फत पस्न खोजिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै