यितेन्द्र शर्मा
बंग्लादेशी नागरिक माथि सन् १९७१ को बंग्लादेश–युद्धका दौरान पाकिस्तानी सेनाद्धारा गरिएको ब्यापक नरसंहारलाई जायज सावित गर्न पाकिस्तानले नया बहाना खोजेको छ । पाकिस्तानी सेनाद्धारा गरिएको आम नरसंहार तथा अत्याचारलाई जायज सावित गर्न अब उल्टै बंग्लादेश माथि नै देश विभाजन गर्न खोजेको आरोप लगाउने काम भई रहेको छ ।
भारतबाट धर्मको आधारमा मुसलमानहरुको निम्ति छुटै देश पाकिस्तानको गठन भएको थियो तर पूर्वी पाकिस्तान अहिलेको (बंग्लादेशका) नागरिकहरुले आफनो मातृभाषा एवं संस्कृतिको रक्षाको निम्ति तात्कालीन पाकिस्तान सरकार सित माग गर्दा त्यसको उपेक्षा मात्रै भएन अपितु बहुमत सांसद हुँदा पनि सरकार बनाउने अवसर नदिए पछि बंग्लाभाषीहरुले आफनो निम्ति छुटै देशको माग गर्न थाले । उनको जायज मागलाई दमन गर्न सन् १९७१ मा पाकिस्तानी सेनाले व्यापक रुपमा दमन एवं अत्याचार गरी बंगाली मुसलमानहरुको ब्यापक रुपमा नरसंहार गरेका थिए । अहिले त्यसलाई जायज ठहर्याउने पाकिस्तानका केही विद्धानहरुले बंग्लादेशका वर्तमान प्रधानमन्त्री शेख हसिनाको जायज कामलाई झुठो सावित गर्न भ्रम फैलाउने गरीरहेका छन् । बंग्लादेशमा धार्मिक कट्टरता तथा जातिय उन्माद र सामाजिक सदभाव विगार्ने माथि कठोर कारवाही भई रहेको छ जुन कुरा पाकिस्तानलाई मन परिरहेको छैन । पाकिस्तानका विश्लेषकहरु बंग्लादेशमा धार्मिक उन्माद एवं कटरता फैलाउनेहरुको पक्षमा उभिएका छन् ।
पाकिस्तानले भारतमा पृथकतावादको पक्षमा उभिएको समुहको खालिस्तान आन्दोलनलाई समर्थन गरिरहेको छ । पाकिस्तानले त बंग्लादेशका एक जना हिन्दु प्राध्यारक माथि पनि धार्मिक कट्टरता फैलाउन खोजेको झुठो आरोप लगाएको छ जबकी हिन्दुहरु आक्रमणकारी भएको विश्व इतिहास नै छैन । पाकिस्तानका विद्धानहरु पनि इश्लामावाद सत्ताको निर्देशनमा जथाभावी भ्रम फैलाउन खोज्ने कुतर्कको सहारा लिने, तथ्यलाई बंग्याउने र मनगढन्त इतिहास बताउने काम गरि रहेका छन् । बंग्लादेश युद्धका दौरान देशलाई अहित गरेका, क्षति पु¥याएका र पाकिस्तानको पक्षमा उभिएका युद्ध अपराधीहरु सलाउदीन कदिर चौधरी (बीएनपीका नेता), अलि अहसान मोहमद (जमात–ए–इस्लामीका नेता) माथि भईरहेको न्यायिक कारवाहीवाट पाकिस्तान आक्रोशित छ । आश्चर्यजनक तरिकाले चीन र अमेरिका पनि नरसंहारमा शामिल अपराधी प्रति विना कारण सहानुभुति व्यक्त गर्न खोजिरहेको छ जबकी सन् १९७१ को व्यापक दमन र नरसंहारलाई कम आक्दै नागरिक–राजनीतिक आन्दोलनको संज्ञा दिन चाहेको छ । बंग्लादेशको मुक्ति आन्दोलनका दौरान निर्मम र ब्यारक नरसंहारलाई कुनै पनि बहानामा जायज ठह¥याउन सकिदैन बंग्लादेशको आन्दोलन जातिय, भाषिक एवं सांस्कृतिक अस्मितासित जोडिएको विषय थियो ।