ढाई लाखको भन्सार छलीको समान बरामद

रौतहट, २७ पुस । भारत संग सिमा जोडिएको रौतहटको विभिन्न नाकाहरु भएर भन्सार छली अबैध रुपमा भित्रयाइएको ढाई लाख मूल्य बराबरको विभिन्न सामानहरु बरामद गरेर जिल्ला प्रहरी कार्यालय रौतहटले गौर भन्सार कार्यालयमा बुझाएको छ ।
सिमा क्षेत्रमा नेपाल प्रहरीको विभिन्न युनिटहरु गस्तीको क्रममा बरामद गरेको मोटरसाइकलको पार्टपुर्जाहरु, कपडा, मिठा, तिल, चप्पल, चिनी, कलम्पु लगायतका दुई लाख ५२ हजार ७७० मूल्य बराबरको मालसामानहरु बरामद गरेर आज सोमवार आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
सिमा क्षेत्रमा प्रहरीको गस्ती बढाएपछि अबैध रुपमा भन्सार छलेर मालसमानहरु नेपाल भित्रयाउने क्रम जारी रहदा उक्त कार्यलाई निरुत्साहित पार्न प्रहरी प्रयासरत रहेको रौतहट प्रहरीको एसपी सिद्धीविक्रम शाहले बताए ।