रौतहट, १४ वैशाख । सत्ता गठबन्धनको मधेश प्रदेशका अधिकांश पालिकामा चुनावी तालमेल हुन सकेन ।
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंज, जनकपुरधाम उपमहानगर, बाराको जितपुर सिमरा उपमहानगर, बाराकै कलैया उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धको तालमेल भएको छ ।
यस्तै पालिकाहरुमा भने काही कतै मात्रै सत्ता गठबन्धन दल भित्र चुनावी तालमेल भएको छ । रौतहटको कटहरियामा माओवादी केन्द्र र जसपाबीच तालमेल भएको छ । सर्लाही र महोत्तरीको सबै पालिकामा दलहरुले आफ्नै तरिकाले उम्मेदवारी दिएका छन् ।
सप्तरीको दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।
गठबन्धन अनुसार माओवादीका केन्द्रका नेता जयप्रकाश चौधरी मेयरमा तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुद्यन साह ‘आजाद’ ले उपमेयरमा उम्मेदवारी दिएका छन् ।