पाकिस्तानको कराँची विश्वविद्यालयमा बम विस्फोट, ३ चिनियाँ नागरिक गरी ४ को मृत्यु

कराँची । पाकिस्तान अहिले चरम आर्थिक संकटबाट जुधिरहेको अवस्थामा भएपनि त्यतीको आतंककारी संगठनहरु सक्रिय भई विश्वभरी आफना गतिविधिलाई संचालन गर्नमा अघि रहेका छन् ।
यसै क्रममा पाकिस्तानको कराँची स्थित रहेको विश्वविद्यालय परिसर भित्र भएको बम विस्फोटमा परेर कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कयौं घाइते भएका हुन् । मारिने मध्ये तीन जना चिनियाँ नागरिक रहेको बताइएको छ । कन्फयुसियस इन्स्टिच्युट नजिकै रहेको एउटा भ्यानमा मंगलवार दिउँसो करिब २ बजे विस्फोट भएको थियो ।