जेठ १ बाट शनिवार र आईतवार सार्वजनिक विदा हुने, १० बस्तुको आयातमा प्रतिबन्ध

काठमाडौं, १४ वैशाख । पेट्रोलियम पदार्थको खपत कम हुने तथा व्यय भारलाई कम उद्देश्यले नेपाल सरकारले आउदो जेठ १ गते देखि लागु हुने गरी सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकमा साताको शनिवार र आईतवार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएको हो ।
प्रवक्ता कार्कीले विहान साढे ९ बजे देखि साढे ५ बजे सम्म कार्यालय संचालन हुने समय तोकिएको बताए । जेठ १ गते देखि परीक्षणको रुपमा लागु हुने गरी विहान ९ः३० साँझ ५ः३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने, मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।
मन्त्रिपरिषद बैठकले आवश्यकता कम भएको, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको निर्णयलाई प्रवक्ता कार्कीले आज सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने निर्णय गरिएको छ । यस्तै २०७८÷०७९ को गहँुको न्यूनतम समर्थन मूल्य प्रति क्यून्टल ३१६५ रुपैया निर्धारण लगायतको १९ वटा निर्णय मन्त्रीपरिषदबाट भएको सर्वाजनिक भएको निर्णयमा उल्लेख गरिएका छन् ।
मन्त्रिपरिषदको निर्णयहरु

