free download zoom cloud meeting app download fractal zooms download zoom for windows laptop zoom meeting app download free for pc - zoom meeting app download free for pc free download zoom on laptop - free download zoom on laptop

कर्मैयामा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा एक महिलको मृत्यु

   १४ बैशाख २०७९, बुधबार १६:४८  

सर्लाही, १४ वैशाख । सर्लाही जिल्लाको बाग्मती नपाको कर्र्र्मैया स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरा गम्भीर घाइते भएको छ ।
घाइते भएको आमाछोरालाई उपचारको लागि विरगञ्ज तर्फ जाने क्रममा बाटोमै आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मंलगवाले जनाएको हो ।

बुधबार बिहान ८ः२७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख. ८३२५ नम्बरको तेल बोक्ने ट्याङकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प.५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
बाग्मती स्थित ट्राफिक बिट अगाडि भएको दुर्घटनामा सप्तारीको राजविराज नगरपालिका १ बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो ।
दुर्घटनामा मृतक प्रमिला देवीका छोरा २५ वर्षीय विजय यादव घाइते भएका छन् । ट्याङकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै