मलंगवामा विद्युतको सर्ट भई घरमा आगलागी

   १४ बैशाख २०७९, बुधबार १६:५१  

सर्लाही, १४ वैशाख । मलंगवा नगरपालिका–१० स्थित नेपाली कांग्रेसका नेता एवं स्थानीयवासी जयप्रकाश मल्लिकको घरमा गएराति आगलागी भएको छ ।
आगलागीबाट अन्न, कपडा, गरगहना समेत जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

पक्की घरमा आगलागीले केहि क्षति गरेको छ । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको जस्तो देखिएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै