नेपाली काँग्रेसको युवा नेता एवं समाजसेवी मोहन यादवले जनताको अमूल्य मत दिन आग्रह

रौतहट, १४ वैशाख । नेपाली काँग्रेसको युवा नेता एवं गौर नपाको मेयरको उम्मेदवार मोहन यादवले गौर नगरको मुहार फेरी सुन्दर, शान्त, विकसित, आपसी भाईचारा कायम भएको शहर, शिक्षा, स्वास्थ्यलाई सुदृढ पार्नका निमित्त एक पटक गौर नगरको बासिन्दाहरुले साथ दिनुपर्नेमा जोड दिए ।
उपमेयर डा. शाहजहा खातुन सहितको प्यानलाई भारी मतले जिताएर गौर नगरलाई देशमै नमूना, भ्रष्टाचारमुक्त, विकसित, पर्यटकिय नगरको रुपमा बनाउन नेपाली काँग्रेसको पक्षमा मतदान गर्न उनले अपिल गरे ।