टिकुलियामा नेकपा एसको उम्मेदवार शम्भु साहको चुनावी कार्यक्रम

   १४ बैशाख २०७९, बुधबार १८:३२  

रौतहट, १४ वैशाख । नेकपा एकिकृत समाजवादीले गौर नगरपालिकाको टिकुलियामा चुनावी कार्यक्रमको आयोजना गरेको छ ।
गौर नपा ४ टिकुलियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा गौर नगरपालिकाको मेयर उम्मेदवार शम्भु साहले फुलको माला, अविर र सल ओढाएर पार्टीमा स्वागत गरेको छ । जनता समाजवादी पार्टी परित्याग गरेर आएको ७ जना नेता एवं वडा स्तरिय कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै कलम छापमा लहरै मतदान गर्न अभियानको रुपमा अघि बढाउने उनले अपिल गरे ।


साह गौर नपाको मेयर पदमा पहिलो स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवारी दिएर राम्रै मत ल्याउन सफल भएपनि राजनितिलाई निरन्तर रुपमा जारी राखेको हुँदा यसपाली उनको चुनाव जित्ने प्रबल सम्भावना रहेको नेकपा एसका नेता एवं कार्यकर्ताहरुले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै