माओवादीको नाममा प्रचण्ड व्यापारी रहेको आरोप ः सहरी विकास मन्त्री प्रभु साह

   २८ पुष २०७७, मंगलवार १३:५१  

रौतहट, २८ पुस । सहरी विकास मन्त्री प्रभु साहले माओवादीको आडमा प्रचण्ड व्यापारी रहेको टिप्पणी गरेको छ ।
मन्त्री साहले माधव नेपाल स्वार्थी र दहाल माओवादीको नाममा ब्यापार गर्ने कमाउनिष्टको भएको तथा सरकार निर्वाचनको तयारीमा युद्धस्तरमा जुटेको देखेर नेकपा दहाल–नेपाल समुह निर्वाचनबाट पन्छिएर आन्दोलनको सहारा लिएको आरोप लगाए ।
रौतहटको चन्द्रपुरमा निर्वाचन क्षेत्र नं. ४ स्तरीय क्षेत्रिय कार्यकर्ता भेलालाई मंगलवार सम्बोधन गर्दे मन्त्री साहले दहाल–नेपाल समुहद्धारा ओली सरकारलाई घेराबन्दीमा पारेर लोकतान्त्रिक पद्धतीलाई समाप्त पर्ने अन्तिम खेलमा लागिपर्दा बाध्य भएर संसद विघटन गरी नयाँ निर्वाचनमा जाने निर्णयलाई नमानी उक्त समुह निर्वाचनबाट पन्छिन खोज्न विभिन्न बहाना बनाएको उनले आरोप लगाएको हो ।
सहरी विकास मन्त्री साहको सम्बोधनको अधिकांस समय दहाल नेपालको बिरोध गर्नेमा लगाए । लामो समय देखी माओवादीमा बिना चुनावको अध्यक्ष बन्दै आएका प्रचण्डको कारण बादल, बैद्य, विप्लव सहितका दर्जनौ सक्कली माओवादी नेताहरु उनलाई छाडेको र उनी अझै माओवादी कै नाममा ब्यापार गर्दै परिवार उत्थानमा लागेको गम्भीर आरोप लगाए ।
“प्रचण्डमा माओवादीको नाममा सिद्धान्त बेच्दै आएको आरोप लगाउदै साहले अव आएर उनी सुर्य चिन्हको पछाडी लाग्नुले नै पुष्टि गरिदैछ उनी नक्कली कम्युष्टिको कित्तामा गइसकेको बताए । मन्त्री साहले प्रचण्डमा अव हंसिया हथौडामा बिस्वास लाग्न छाडिसकेको हुँदा सुर्यको लागेको र अव उनको राजनितिक अवस्था अन्तिम चरणमा आइसकेको टिप्पणी गरे ।”
“हिजोका प्रचण्ड अव रहेनन्, गरिव निमुखा जनताको रगत संग होली खेलेर जनताको घरमा खादै हिंडने प्रचण्ड यती बेला ब्यापारी भइसकेको र जता फाइदा भए उतै ढल्किने बानीले गर्दा माओवादीको सिद्धान्तलाई विसर्जन गरिसकेको जस्ता तर्क उनले दिए ।”
सधैं सत्यको जित हुने भएको कारण यतीबेला ओली सरकार सत्यको पक्षमा रहेको साहको भनाइ थियो । दहाल नेपाल समुह अन्तरघाती र जनता बिरोधी रहेको तथा ओली पक्षनै सक्कली कम्युनिष्ट रहेको बताउदै उनले कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।
उनले कार्यकर्तालाई टोल, वडा हुदै नगर कमिटि बिस्तारमा लाग्न र चुनावको तयारीमा तत्काल जुटन निर्देशन दिएका छन् । उनले आफु मन्त्री भएपछि उखु किसानको समस्या समाधान भएको दाबी समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै