वागी उम्मेदवारलाई मनाउन गृहमन्त्री खांण चितवनमा

   १५ बैशाख २०७९, बिहीबार १३:२४  

काठमाडौं, १५ वैशाख । भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खांण उनकै निवासमा पुगेका छन् ।
राज्यमन्त्री उमेश श्रेष्ठ पनि बागी उम्मेदवार पौडेललाई भेट्न पुगेका थिए । तर पौडेलले भने उम्म्ेदवारी फिर्ता नलिने अडाको राखेको थियो ।
खाँणलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पठाएका हुन् । बुधवार साँझा जिल्लाका नेताहरुलाई भेटेर छलफल गरेका खाँण बिहीवार बिहान पौडेललाई भेट्न उनकै निवास पुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै