रौतहटमा ८३ मदतान स्थल अतिसंवेदनशिल

   १५ बैशाख २०७९, बिहीबार १६:२९  

रौतहट, १५ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहट र सर्लाही गरेर १८६ मतदान स्थल अति संवेदनशिल रहेको छ ।
खास गरेर भारत संग सिमा जोडिएका विभिन्न पालिकाहरु र भुगोलको विकटता, यातायातको असुविधा र चुरे संग जोडिएको स्थानलाई अति संवेदनशिल मतदान स्थलको सूचीमा स्थानीय प्रशासनले राखेको हो ।
रौतहटमा ८३ र सर्लाहीमा १०३ गरेर १८६ वटा मतदान स्थल अति संवेदनशिलको सूचीमा रहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार २०६४ साल देखि नै अति संवेदनशिलको सूचीमा रहेका मतदान स्थलहरुलाई परिमार्जन गर्दै स्थानीय अवस्था, भुगोलको अवस्था, सिमाको अवस्थालाई मध्यनजर राख्दै विगतको अवस्था नरहेको हुँदा १२१ बाट ८३ मा अति संवेदनशिल मतदान स्थलको सूचीमा जिल्ला सुरक्षा समितिको वैठकबाट राखिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सिमावर्ती भारत संग जोडिएको राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई, चुरे संग जोडिएका चन्द्रपुर नगरपालिका सहित १४ पालिकाको ८३ वटा मतदान स्थल अति संवेदनशिलको सूचीमा रहेको बताए । जिल्लामा ११९ संवेदनशिल र ७४ सामान्य गरेर २७६ मतदानस्थलमा ५१८ मतदान केन्द्र रहेको जानकारी दिदै गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदान स्थल अति संवेदनशिल नरहेको उनले उनले भने ।


प्रजिअ शाहीले स्थानीय तहको निर्वाचनमा पूर्ण रुपमा सुरक्षा व्यवस्था परिचालन गराउने र अति संवेदनशिल, संवेदनशिल मतदालन स्थलमा सुरक्षाको विशेष प्रबन्ध मिलाइएको हुँदा सर्वसाधारणहरु निर्धक्क भई मतदान गर्न मतदान स्थल सम्म मतदाताहरुलाई जान कुनै असुविधा नहुने जिकिर उनले गरे । म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचान हुने भएको हुँदा सुरक्षाको उच्च प्रबन्ध मिलाइएकोमा कसैले पनि शंका उपशंका गर्न नहुने समेत स्पष्ट पारे ।

सर्लाहीमा १०३ मतदान स्थल अतिसंवेदनशिल


यसैगरी सर्लाही जिल्लामा १०३ वटा मतदानस्थललाई अति संवेदनशील रहेको छ ।
विभिन्न अवस्थालाई चित्रण गर्दै एवं अपराधिक घटना लगायतलाई आधार मानेर वर्गिकरण गर्दा १०३ वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखेको हो । ती मतदानस्थलमा २०५ मतदान केन्द्र रहेका छन् ।
अति संवेदनशील मतदानस्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन् । यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन् । संवेदनशील रहेका १८४ वटा मतदानस्थलमा ३३९ वटा मतदान केन्द्र रहेका छन् । सुरक्षा निकायले जिल्लाको ३१ वटा मतदानस्थललाई भने सामान्यको सूचीमा राखेको छ । ती ३१ वटा सामान्य मतदानस्थलमा ५५ वटा मतदान केन्द्र गरी सर्लाहीमा ५४९ मतदान केन्द्र रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई विश्लेषण गरी सोही अनुसार आवश्यक सुरक्षा प्रवन्ध मिलाइने जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै