आज देखि रात्रि उडानको अनुमति

   १५ बैशाख २०७९, बिहीबार १६:३९  

काठमाडौं, १५ वैशाख । बिहीवार देखि नेपालमा नागरिक उडान प्राधिकरण (क्यान) ले रात्रिकालीन उडान मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर सिमरा, भैरहवा, नेपालगञ्जर धनगढी विमानस्थललाई दैनिक १८ घण्टा मात्र सञ्चालनको अनुमति दिएको छ ।
यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएको थिए । तर बिहीवार देखि बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन गरेको हो ।
विमानस्थालको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीवार देखि तराईका विमानस्थाल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ । प्राधिकरणको यो निर्णयले विमानस्थालको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुरमुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै