यितेन्द्र शर्मा
पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरका सामाजिक अभियन्ता सबीर चौधरीले देशका भुतपूर्व प्रधानमन्त्री इमरान खान माथि सरकारको विरोध गर्ने र आफनो अधिकारका लागि माग गर्नेहरु सित शत्रु सरह व्यवहार गरेको आरोप लगाएका छन् । अत्याचार र दमनको विरोध गर्ने माथि विदेशी एजेन्टको आरोप लगाएर शत्रुतापूर्ण व्यवहार गरिएको आरोप लगाएका छन् ।
सब्बीर चौधरीले पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरको गिलिगिट र बलुचिस्तानका जनता सित दोयम दर्जाको व्यवहार भई रहेको तथा यहाँका नागरिकहरुको निष्ठा एवं राष्ट्रप्रेम माथि शंकार गर्दै विदेशी एजेन्ट ठानेर व्यवहार गरिएको आरोप लगाएका छन् । पाकिस्तानको पंजाब, प्रान्तको प्रादेशिक संसदमा भएका विवादका घटनाहरु देशमा माथिल्लो स्तर सम्म पुगेको आरोप लगाएका छन् ।
उनले पाकिस्तानी जनता त राज्यवाट पाउनु पर्ने न्यायोचित सुविधा पनि पाउन सकि रहेको छैनन् । भन्दै सन् २००७ मा भारतीय वायुसेनाका एक जना अधिकारी सितको सम्वादमा पाकिस्तानका नागरिकले राज्यबाट पाउनु पर्ने न्युनत्तम र न्यायोचित सुविधा प्रति प्रान्त गर्न नसकिरहेकोमा भारतीय अधिकारीको सहानुभुतिलाई साझा गरेका छन् । ती भारतीय अधिकारीले पाकिस्तानी नागरिकको दयनीय अवस्था प्रति दुःख प्रकट गरेका थिए । पाकिस्तानी जनता भारत सरकारको कसरी प्रशंसा गर्दो रहेछ भने अनुभव सुनाउँदै ती अधिकारीले एक पाकिस्तानी नागरिकले आफनो परिचय सोध्दै “कहाँवाट हो ? को जवाफमा आफुले कश्मिर बताउँदा ती नागरिकले अहमदुलिलाह “(इश्वरलाई धन्यवादको शब्द) भारत” भन्दै भारतको प्रशंसा गर्दै आफनो गन्तव्यतिर लागेको बताए । पाकिस्तानी सन्चार माध्यमहरुले भारतको विरुद्धमा घृणा फैलाउने गरेको भन्दै ती सामाजिक अभियन्ताले “मस्जिद–ए–नबी” वाट पनि भारत र हिन्दुको विरोधको घृणा फैलाउने जस्ता कार्य हुने गरेको आरोप लगाएका छन् । पाकिस्तानको अवस्था विगतका भन्दा पनि दयनीय हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै चौधरीले पूर्व इमरान खान सरकार माथि कडा प्रहार गरे ।