यति ग्रुप संग मिलेर ओली ठूलो भ्रष्टाचार गरेको माधव नेपालको आरोप

   १५ बैशाख २०७९, बिहीबार १७:१९  

काठमाडौं,१५ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुप संग मिलेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाए ।
संघिय राजधानि काठमाडौं स्थित पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष नेपालले आरोप लगाएको हो ।
अध्यक्ष नेपालले आफूलाई इमान्दारीता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए । अध्यक्ष नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताए ।
उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा जनतालाई लुट्ने काम गरेको आरोप लगाए । उनले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए । नेपाल सरकार उनले जनताको सेवा गरेपनि
उनले सबै महानगर र उपमहानगरमा उठ्नेहरूलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै