फिजीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालको उदघाटन गरे

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फिजीमा नवनिर्मित अस्पतालको एक समारोहका विच उदघाटन गरेका छन् ।
भारतीय सहयोगमा निर्माण भएको बालबालिकाको मुटु सम्बन्धी अस्पतालको बुधवार भिडियो कन्फरेन्स मार्फत उदघाटन गरेका हुन् । फिजीमा श्री सत्य साई संजीवनी बाल हृदय नामक अस्पतालको उदघाटन गरेको भारतीय संचारमाध्यमहरुमा खवर छापिएको छ ।
“म यसका लागि फिजीका प्रधानमन्त्री र फिजीका जनताप्रति कृतज्ञता व्यक्त गर्दछु,” प्रधानमन्त्री मोदीले भने । “यो हाम्रो परम्परागत सम्बन्धको प्रतीक हो र भारत–फिजीको साझा यात्राको अर्को अध्याय हो,” प्रधानमन्त्री मोदीले थपे ।