भारतीय प्रधानमन्त्री आउदो साता जर्मनी, डनमार्क र फ्रान्सको भ्रमणमा जादै

   १५ बैशाख २०७९, बिहीबार १७:५१  

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मे २ देखि ४ सम्म जर्मनी, डेनमार्क र फ्रान्सको भ्रमणमा जाने भएका छन ।
भारतीय विदेश मन्त्रालय श्रोतका अनुसार, “२०२२ मा प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ” । आफ्नो भ्रमणको क्रममा उनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसन सँग वार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
डेनमार्कले आयोजना गरेको दोस्रो भारत–नर्डिक शिखर सम्मेलनमा भाग लिनेछन् र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै