सशस्त्र प्रहरीले बरहथवा स्थित वागमती नदीबाट ३२ गोरु नियन्त्रणमा

   १५ बैशाख २०७९, बिहीबार १९:१६  

सर्लाही, १५ वैशाख । सर्लाहीमा तस्करी हुँदै गरेको साढे लाखको ३२ वटा गोरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीको आधारमा छिन्नमस्तीका बाहिनी बर्दिवासबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सर्लाहीको बरथवा नपा १ स्थित वागमती नदीको वगरमा ३२ वटा गोरु लिएर गइरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।


रौतहटको सिमा क्षेत्र भएर भारत तर्फ जान नसकेको गोरु सर्लाहीको सिमा भएर पठाउने दाउमा रहेका तस्करहरुको योजनालाई सशस्त्र प्रहरीले विफल बनाइदिएको छ । तस्करहरु सशस्त्र प्रहरीलाई देख्ना साथ गोरु छाडी भाग्न सफल भएको छिन्नमस्ता बाहिनी बर्दिवासले जनाएको छ ।
नियन्त्रणमा लिएको ३२ वटा गोरु करिव साढ १३ लाखको मूल्याँकन गर्दै आवश्यक कारवाहीको लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गराएको सशस्त्र प्रहरीको डिआइजी गणेशठाडा मगरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै