सर्लाहीका सिडिओ एक्सनमा : परीक्षा हलबाट भारी संख्यामा मोबाइल फोन बरामद

1318 Shares

सर्लाहीको एक माध्यमिक शिक्षा परीक्षा केन्द्रको परीक्षा हलबाट भारी संख्यामा प्रतिबन्धित सामग्री बरामद भएपछि केन्द्राध्यक्षलाई निलम्बन गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीले एक निर्णय गर्दै बरहथवा नगरपालिका वार्ड न ५ स्थित श्री चक्रजनता माध्यमिक विधालय का केन्द्राध्यक्ष रामबहादुर राय लाई निलम्बन गरेको हो ।
चक्र जनता माविको परीक्षा केन्द्रमा केन्द्राध्यक्षकै मिलोमतोमा परीक्षा आचारसंहिताको व्यापक उल्लंघन भइरहेको गोप्य सुचना प्राप्त भएपछि आज सामाजिक विषयकाे परीक्षाका दिन इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, बरहथवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदन थापा र जिल्ला शिक्षा तथा समन्वय इकाइ, सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहा को नेतुत्वमा गएको संयुक्त अनुगमन टोलिले परीक्षा हलबाट ४७ थान स्मार्टफोन मोबाईल, चिठ्ठ, गाइड, गेस पेपर, नोटबुक र किताब लगायतभारी संख्यामा प्रतिबन्धित सामग्री परीक्षा हलबाट बरामद गरेको थियो।

परीक्षा हलबाट परीक्षा अमर्यादित बनाउने वस्तु बढी नै देखिएकाले केन्द्राध्यक्षलाई निलम्बन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

परीक्षा हलबाट बरामद भएको सबै मोबाईल फोन सिल गरेर ईलाका प्रहरी कार्यलय बरहथालाई बुझाउन केन्द्राध्यक्ष रायलाई निर्देशन दिईएको थियो तर बरामद भएको मोबाईल फोन मध्ये केही थान मोबाईल फोन सम्बन्धित निकायको निर्देशन विना नै अटेरी गर्दै विधार्थीहरुलाई बुझाएपछि केन्द्राध्यक्ष फेर्नुपर्यो, उनले भने । भोलि हुने १५ गते देखि हुने बार्षिक एसइइ परीक्षाको लागि त्यसै विधालयको सहायक प्रधानाध्यापक माविक तृतीय शिक्षक रामबालक सिंहलाई जिम्मेवारी दिईएको हो ।
यसैगरी निमित्त इकाइ प्रमुख कुशवाहाको टोलिले हिजो नै बरहथवा नगरपालिकास्थित मुक्तेश्वर गणेश मावि मुर्तियाबाट निरीक्षक नम्रता दाहाल, महेन्द्र रत्न जगरनाथ लक्ष्मिनिया मावि सितापुरबाट निरीक्षकद्वय शिला अधिकारी र श्रीकिशुन ठाकुर तथा सरस्वती मावि हजरियाबाट दिनेश दाहाल र रमेश दाहाललाई निष्कासित गरेका थिए ।

परीक्षा हल भित्र मोबाईल फोन फेला परेपछि श्री वेणी भोला नमुना माध्यमिक विधालयमा अध्ययनरत सिम्बल नम्बर ०२२०२६११ U भएका विधार्थी बिक्रम दास कथवनिया को एक दिनको परीक्षा रद्द गरिएको गोडैता नगरपालिका वार्ड न.५ रामवन मावि परीक्षा केन्द्र का केन्द्राध्यक्ष ब्रहमानन्द साह ले जानकारी दिए ।

हिजो ४७२९ छात्रा ५३१७ छात्र गरि जम्मा १००४५ उपस्थित रहेकोमा १६० छात्रा २१६ छात्र गरि ३७६ जना अनुपस्थित रहेको इकाइ प्रमुख कुशवाहाले बताए ।
२०७८ सालको कक्षा १० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)लाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनीय, र भय रहित बातावरणमा सम्पन्न गर्न जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको मिति २०७९/०१/०७ गतेको निर्णयानुसार शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले ४७ बुंदेआचारसंहिता जारी गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।