सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित चार जना पक्राउ

   १६ बैशाख २०७९, शुक्रबार १५:११  

सर्लाही, १६ वैशाख । सर्लाही प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध गाँजा सहित प्रतिबन्धित कोडीवेल कफसिरफ संगै चार जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय हजरियाको प्रहरी टोलीले बरहथवा नगरपालिका–२, हजरिया बजार निवासी ६० वर्षीय जयलाल महतोलाई १ किलो ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।
महतोको घर खानतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद् भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । महतोलाई ईलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाईएको प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
यसैगरी सदरमुकाम मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको बा.५४ प ७९९४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी ३२ वर्षीय राम बिनय रायको साथबाट प्रतिबन्धित १०० एमएलको १८६ बोतल कोडीवेल कफसिरफको बोतल बरामद् भएको उनले भने । सँगै रहेको द्यच् घण् ऋ छद्धढढ नम्बरको भारतीय मोटरसाईकलमा सवार मलंगवा नगरपालिका–११ गम्हरिया निवासी ३१ वर्षीय जुमराति बैठा र २५ वर्षीय भुनेश्वर साहलाई समेत प्रहरीले नियन्त्रणमा लिए ।
ईलाका प्रहरी कार्यालय हरिपुर र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलिले पक्राउ गरेका अभियुक्तहरुलाई अनुसन्धान भईरहेको डिएसपी बुढाथोकीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै