सुनको मूल्यमा वृद्धि

काठमाडौं, १६ वैशाख । शुक्रवार सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार ९८ हजार रुपैयाँमा छापावल र ९७ हजार पाँच सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने बिहीवार प्रतितोला १३ सय २० रुपैयाँ स्थिर छ ।