प्रधानमन्त्रीको निवास बालुवाटरमा गठबन्धनको बैठक जारी

   १६ बैशाख २०७९, शुक्रबार १३:४२  

काठमाडौं, १६ वैशाख । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटरमा सुरु भएको छ ।
गठबन्धनले बैठकमा दिएका साझा उम्मेदवारी विरुद्ध परेका बागी उम्मेदवारी बारे छलफल गर्न पाँच दलीय गठबन्धनको राष्ट्रिय जनमोर्चाका सचिव हिमालाल पुरीले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । गठबन्धन विरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । गठबन्धन वैशाख १४ गते बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमाले सँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै